संस्थाको ऐतिहासिक पृष्ठभूमी र वर्तमान अवस्था
पृष्ठभूमी ः
बारा जिल्लाको दुग्ध सहकारी मध्ये लामो इतिहास बोकेको यस वागदेव दुग्ध उत्पादक सहकारी संस्थाले आफ्नो इतिहासलाई जिउदो राख्न वर्तमानलाई पारदर्शी र व्यवस्थित बनाउन साथै भविश्यको योजनाहरु प्रवाह गर्न साथसाथै सुचना र प्रविधीलाई उच्चतम रुपमा प्रयोग गर्दै ससक्त संस्था सम्वृद्ध सदस्यको एतिहासिक कार्यवार पुरा गर्न टेवा पुर्याउने उदेश्यले संस्थाले वेवसाइट संचालन गर्ने उद्देश्य राख्नु हामी सबैका लागि खुसीको कुरा त हो नै विशेष गरी सहकारीको रुपमा संस्थागत हुनु पूर्व त्यो हैसियत सम्म ल्याउन तत्कालीन समयमा आ-आफ्नो ठाउँबाट योगदान पुर्याउनु भएका महानुभावहरूको लागि त झनै सुखद् पक्ष हुनु पर्छ ।
कुनैपनि संस्थाको आफ्नै किसिमका ऐतिहासिक पृष्ठभूमि हुन्छन् । कयौं संस्थाहरू तत्कालिन समयका संस्थापकहरूको चेतना अनुसार अभिलेखित हुन्छन् भने कतिपय संस्थाका सुरुवाती अभिलेख पाइदैन । हाम्रो यस संस्थाले संन्चालन गर्दै गरेको वेवसाइट सहकारी संस्था स्थापना २०५४ साललाई आधार मानिएको छ । तर यस संस्था सहकारीमा परिणत हुनु पूर्व १८ वर्षको यात्रा पुरा गरिसकेको थियो । यस अठार वर्ष मध्ये २०४६ भाद्र २ गते श्री अम्बिका प्रसाद चौलागाईको अध्यक्षतामा बसेको पहिलो बैठक नै संस्थामा रहेको ऐतिहासिक अभिलेख हो । २०४६ साल पूर्व दश वर्षको अवधिको संस्थाको अलिखित इतिहासलाई अभिलेखिकरण गर्ने कार्य आफैमा चुनौतीपूर्ण थियो नै राख्न खोजिएको अभिलेखलाई तथ्यमा आधारित विवाद रहित बनाउनु झनै सम्वेदनशिल पक्ष थियो । त्यसकारण ती अलिखित इतिहासलाई सकेसम्म सत्य तथ्यमा आधारित बनाउन यस संस्थाको वर्तमान संचालक समितिले यस क्षेत्रका संस्थापक कृषक, सामाजिक अगुवा, तत्कालीन जन प्रतिनिधि, संकलन तथा ढुवानी कार्यमा संलग्न महनुभाव, पूर्व संचालक समितिका पदाधिकारी आदि व्यक्तित्वहरूसँग चरणबद्ध रुपमा प्रत्यक्ष रुपमा सामुहिक सबै व्यक्तिगत रुपमा एवं फोन सम्पर्कको माध्यमबाट निम्न लिखित व्यक्तित्वहरूसँग यस संस्थाको सन्चालक समितिले संस्थाका अध्यक्ष समेतको उपस्थितिमा तथ्याङ्क संकलन गरेको थियो ।
१. संस्थापक कृषक मध्ये पदमलाल गौतम, कृष्ण प्रसाद बन्जारा (पूर्व अध्यक्ष) हिमालय गौतम, डिल्लीप्रसाद गौतम (तत्कालीन वडा अध्यक्ष)
२. दोस्रो चरणका कृषकहरूमा तारानाथ चौलागाई, कृष्ण प्रसाद चौलागाई, धनप्रसाद गौतम दुग्ध ढुवानीकर्ता दिल प्रसाद गौतम, मुक्तिनाथ गौतम, मुक्तिनाथ पोख्रेल, बिन्दा चौलागाई आदि ।
३. थल प्रसाद गौतम (पूर्व लेखा समिति) गोविन्द सापकोटा (पूर्व संचालक), तेज प्रसाद गौतम (पूर्व संचालक), गोविन्द घिमिरे (पूर्व सञ्चालक), अम्बिका प्र. चौलागाई (पूर्व अध्यक्ष) नारायण प्रसाद गौतम (पूर्व अध्यक्ष), लाल बहादुर पाठक (संस्थापक अध्यक्ष) रामहरी गौतम (पुरानो कृषक), चिन्तामणी अधिकारी (दूग्ध ढुवानीकर्ता), अर्जुन ढुंगेल (संस्थापक दुग्ध ढुवानी कर्ता) माधव तुलाधर (पुरानो दुग्ध संकलक कर्मचारी) टिकाराम तिमल्सिना (तत्कालिन वडा अध्यक्ष एवं पूर्व संचालक), गोपाल चौलागाई (पूर्व कर्मचारी) हरि बहादुर तिमल्सिना (डेरी संचालन भएको घरधनी) थानेश्वर सापकोटा (पूर्व अध्यक्ष) विष्णु प्रसाद गौतम (पुरानो कृषक), फत्त प्रसाद गौतम (पूर्व व्यवस्थापक)
लगायत व्यक्तित्वहरूसँग व्यापक अन्तरक्र्रिया भएर करिब ४४ वर्ष अगाडिको सन्दर्भ जस्ताका तस्तै सम्झिएर सबैले एउटै कुरा भन्नु पक्कै सजिलो थिएन र आएन पनि, त्यो कुरा व्यक्तिको सम्झन सक्ने क्षमतामा पनि निर्भर रहने भएकोले प्राप्त तथ्यहरूमा तिथि मिति मा केही फरक पर्नु स्वाभाविक छ । प्राप्त जानकारीमा सन्चालक समितिको तर्फबाट कुनै कुरा थपघट नगरी भरसक इतिहास नमेटियोस र अतिरञ्जित पनि नबनोस भन्ने तर्फ सचेत रहदै यस बागदेव दुग्ध उत्पादक सहकारी संस्था बन्नु पूर्वको अबस्थालाई मूख्य गरी ३ काल खण्डमा विभाजन गरी यसको विकास क्रमको चर्चा गर्दा नै न्याय हुन्छ भन्ने लागेको छ ।
पहिलो ः दुग्ध संकलन उपकेन्द्र र दुग्ध संकलन केन्द्र (२०३६-२०४३)
दोस्रो ः दुग्ध उत्पादक संस्था २०४३-२०५३)
तेस्रो ः दुग्ध उत्पादक सहकारी संस्था (२०५४-हालसम्म)
दुग्ध संकलन उपकेन्द्र र दुग्ध संकलन केन्द्र भएको अवधि (लिखित केही नभएको अन्तरक्रियामा आधारित) २०३३ सालमा दुग्ध विकास संस्थानको स्थापना भई २०३५ सालको अन्त्यतिर निजगढ राजमार्ग अन्तर्गतको ललित बहादुर बुढाथोकी लगायतको पहलमा नीजकै घर आँगनमा दुग्ध भर्ने कार्यको सुरुवात भएको पाइन्छ । राजमार्गमा दुग्ध संकलन गर्ने कार्यको सुरुवात भएपछि त्यही दुग्ध भर्ने हे.दु.वि.सं. का कर्मचारी सूर्य बहादुर कार्कीको सक्रियतामा पहिलो पटक २०३६ साल भाद्र महिनादेखि निजगढ वार्ड नं. २ का रुद्र प्रसाद गौतमको घरमा दुग्ध भर्ने कार्यको शुरुवात गरिएको उक्त समयमा दुग्ध बिक्री गर्ने कृषकहरूमा पदमलाल गौतम, कृष्ण प्रसाद बन्जारा, रुद्र प्रसाद गौतम, हिमालय गौतम, डिल्ली प्रसाद गौतम लगायतका रहेको पाइयो भने उक्त समयमा संघर्षशील युवा अर्जुन ढुंगेलले विद्यालय जाने समयमा नाम्लो लगाएर क्यानमा दूध बोकेर राजमार्गको संकलन केन्द्रमा पुर्याउने र बेलुका फर्कदा क्यान लिएर आउने गरेको थिए । उक्त समयमा करिब २५ लि. दूध संकलन हुने र प्रति क्यान ढुवानी वापत रु ३/- पारिश्रमिक बोक्नेले पाउने गरेको तथ्य पाइयो । यस समयमा संकलन उपकेन्द्रको रुपमा संचालन भएको पाइयो । २०३९ सालमा तत्कालिन दुघ बिकास संस्थान लैनचौरका प्रमुख राजेन्द्र चौलागाई र हे.दु.वि. सं. का प्रमुख टेक बहादुर थापा र कर्मचारी जीवन गौतमका चीरपरिचित व्यक्तित्वहरू तात्कालिन वडा नं. २का अध्यक्ष श्री डिल्ली प्रसाद गौतम र तारानाथ चौलागाई हेटौडा दुग्ध विकास आयोजनाको विशेष पहल र पदमलाल गौतम, कृष्ण प्रसाद चौलागाई, रामहरी गौतम लगायतका महानुभावहरूको सक्रियतामा दुग्ध संकलन केन्द्रको अवधारणाको विकास भई कृष्ण प्रसाद चौलागाईको घरमा संकलन केन्द्र राखी दुग्ध भर्ने कामको सुरुवात गरिएको उक्त समयमा दूध संकलन कर्मचारीको रुपमा धुर्व थापा थिए भने दूध ढुवानीकर्ता धन प्रसाद गौतम (टारेली ठुल्दाई) हुनुहुन्थ्यो भने पछि उक्त ढुवानीको कार्य स्थानीय चिन्तामणी अधिकारीले साइकल, काठेगाडाले ढुवानी गरेको पाइयो । चिन्तामणी अधिकारीले करिब ६ बर्ष लगातार ढुवानी गरेको पाइयो । २०४२ सालतिर राजमार्गमा दुग्ध संकलकको रुपमा काम गर्ने माधव तुलाधर यस क्षेत्रको पनि कर्मचारीको रुपमा निजलेनै कार्य गर्दै दूध जाँचकको रुपमा स्थानीय भोला प्रसाद गौतम (केशव गौतम)ले केही समय काम गरेको तथ्य पाइयो भने ढुवानी चिन्तामणी अधिकारीले गरेको पाइयो । यसरी चिन्तामणी अधिकारीले २०३९ देखि करिब ३ वर्ष काठे गाडामा दुग्ध ढुवानी गरेको पाइयो । यसरी माधव तुलाधरले दूध भर्ने क्रममा कृषकको रकम तिर्न नसकी केही समय दूध संकलनको कार्य अबरुद्ध भयो । सोही समयमा विमल गिरी नामका भेटेनरी कर्मचारीको सहयोगमा एवं तत्कालीन वार्ड अध्यक्षहरू अम्बिका प्रसाद चौलागाई र टिकाराम तिमिल्सिनाको सक्रियतामा १ नं. भेटेनरी समूह २०४३ साल तिर टिकाराम तिमिल्सिनाको अध्यक्षतामा गठन भयो र सोही समूहले पुनः माधव तुलाधरसँग समन्वय गरी कृषकका बक्यौता रकम मध्य आधा मिनाहा गरी आधा भुक्तानी गर्ने सहमती गराई भुक्तानी दिइयो र पुनः तत्कालिन भेटेनरी समूह रहेको मनोरथ अर्यालको घरमा दूध भर्ने कार्यको सुरु गरियो । त्यसपछि माथिल्लो भागका कृषकलाई मर्का परेको भनी दूध कहाँ भर्ने विवाद हुँदा क्यान तानातानको समेत तितो अनुभव संस्थामा रह्यो भने सो विवादका कारण केही समय माथिल्लो क्षेत्रका कृषकले बागदेवको माथिल्लो चोकमा तल्लो भागका कृषकहरूको दूध सडक टोलस्थित टिकाराम तिमिल्सिनाको घरमा संकलन गरेको पाइयो । उक्त दुवै तर्फको विवाद समाधान गर्ने क्रममा दुवै तर्फका कृषकहरूलाई पायक पर्ने स्थानको रुपमा हाल संस्थाको मुख्य कार्यालय अगाडि रहेको तत्कालीन खवा बहादुर बिष्ट (सहदेव)को घरमा एकुमष्ट दूध संकलन कार्यको थालनी भयो । उक्त समयमा दुग्ध भर्ने कर्मचारीको रुपमा दिलिप कुमार पाण्डे रहनु भएको थियो भने व्यवस्थापकको रुपमा पुरानौ कर्मैचारी सूर्य बहादुर कार्कीले काम गर्नु भएको तथ्य पाइयो । केही समय सूर्य बहादुर कार्कीले व्यवस्थापकको रुपमा काम गरेपछि २०४३ को अन्त्य तिर दुग्ध संकलन केन्द्रबाट दुग्ध उत्पादक संस्थाको रुपमा विकास भएको पाइयो । दोस्रो खण्डः दुग्ध उत्पादक संस्था (२०४३-२०५३) २०४६ सम्म केही लिखित अभिलेख नभएको अन्तरक्र्रियामा आधारित) दुग्ध संकलन केन्द्रबाट दुग्ध उत्पादक संस्था गठन भएपछि नै संस्थागत रुप धारण गरी समिति गठनको प्रकृया सुरु भएको हुनुपर्छ भनी सहजै अनुमान लगाउन त सकिन्छ तर लिखित नभएको र अन्तरक्र्रिया गर्दा समेत फरक-फरक व्यक्तिबाट फरक तथ्य आएकोले पहिलो समिति २०४३/०४४ साल बाट सुरु भएको हुनुपर्छ भन्ने मान्यतामा यो सन्चालक समिति पुगेको छ । पूर्व व्यवस्थापक स्व फत्त प्रसाद गौतमको भनाई अनुसार २०४४ असोज २ गते पहिलो समिति गठन भई व्यवस्थापकको रुपमा तत्कालिन निजगढ २ का गोपाल प्रसाद चौलागाई, टेस्टरको रुपमा दिलिप कुमार पाण्डे र दुग्ध ढुवानी कर्ताको रुपमा चिन्तामणी अधिकारी रहनु भइको थियो ।
प्रथम गठित समितिमा (संस्थामा राखिएको बोर्ड अनुसार)
अध्यक्ष ः श्री लाल बहादुर पाठक
उपाध्यक्ष ः श्री टिकाराम तिमल्सिना
सदस्य ः श्री चोला प्रसाद तिमल्सिना
सदस्य ः श्री भवनाथ चौलागाई
सदस्य ः श्री तारानाथ चौलागाई
सदस्यः श्री गोविन्द प्रसाद घिमिरे
यस कार्य अवधिको लिखित अभिलेख सुरक्षित नभएपछि संस्थाको मुख्यालय रहेको एक कठ्ठा जग्गा खरिद गरी उक्त जग्गामा काठे घर निर्माण गरी दुग्ध संकलन केन्द्रबाट दुग्ध उत्पादक संस्थामा रुपान्तरण गरी तत्कालीन समयमा संस्थागत विकासका लागि यस क्षेत्रलाई अमूल्य योगदान गर्नु भएको देखियो । यसै कार्यकालको बिचमा व्यवस्थापक गोपाल प्रसाद चौलागाईले यस संस्थाबाट राजिनामा दिएपछि हे.दु.वि. आयोजनाले प्रतिस्पर्धाको आधारमा छनौट गरी निजगढ २ का श्री फक्त प्रसाद गौतमलाई २०४५ सालमा व्यवस्थापकको रुपमा नियुक्त गरेको पाइयो । लाल बहादुर पाठक पश्चात मिति २०४६ भाद्रमा तत्कालीन निजगढ वार्ड नं. २ का वार्ड अध्यक्ष श्री अम्बिका प्रसाद चौलागाईको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति गठन भएको जसमा निम्न लिखित महानुभावहरू रहनु भएको थियो ।
अध्यक्ष ः श्री अम्बिका प्रसाद चौलागाई
उपाध्यक्ष ः श्री टिकाराम तिमल्सिना
सदस्यः श्री चोला प्रसाद तिमल्सिना
सदस्यः श्री दण्ड प्रसाद गौतम
सदस्यः श्री तारानाथ चौलागाई
सदस्यः श्री गोविन्द प्रसाद घिमिरे
सदस्यः श्री भवनाथ चौलागाई
सदस्यः श्री रामहरी गौतम
सदस्यः श्री कृष्ण प्रसाद चौलागाई
यस कार्य अवधिभरमा मुख्यगरी निम्न लिखित कार्यहरू भएका देखिन्छन् ः
– सामाजिक विकास अन्तर्गत विभिन्न बाटोहरु निर्माण ।
– दुग्ध उत्पादक संस्थाबाट दुग्ध उत्पादक सहकारी संस्था गठन गर्ने अवधारणासहित विभिन्न मितिमा निणर्य गरी सहकारी दर्ताको आधार तयार पारेको २०४९ /३/२ मा पहिलो छलफल
– नाम्ले जुकाको औषधि वितरणको थालनी,
– संस्थामा नियमिति दुग्ध बिक्रि गर्ने कृषकलाई ५. लि को क्यान वितरण,
– टि.एस कमिशनको २ प्रतिशत रकम कृषकलाई भुक्तानी,
– प्रथम पटक २०४८ सालमा प्राइबेट डेरीलाई दूध बेच्ने सुरुवात,
– संस्थागत रुपमा बैठक एवं भेला बस्ने र निणर्य गरी काम गर्ने प्रणालीका विकास २०४७/०९/०३ मा पहिलो साधारण सभा,
– संस्थाको कम्पाउण्डमा तारको घेराबार गरिएको,
– नियमित र गुणस्तरीय दुग्ध संकलन बापत पशुसेवा विभाग क्षेत्रीय पशुसेवा निर्देशनालय द्वारा प्रथम र दृतिय पुरस्कारबाट सम्मानित
– दुग्ध ढुवानीमा ट्रयाक्टरबाट ढुवानी हुनुपूर्व २०४६ सालदेखि निजगढ वार्ड नं.२ बस्ने नर बहादुर सापकोटाले दुग्ध ढुवानी गरेका थिए । २०५० सालमा चन्द्रनिगाहपुरमा चिलिङ सुरु भएपछि ट्रयाक्टर ढुवानी सुरुवात भएको र सर्व प्रथम रत्न बहादुर बुढाथोकीको ट्रयाक्टर प्रयोग भएको थियो भने चालकका रुपमा सन्त बहादुर माझी थिए । सो पछि अम्बिका प्रसाद चौलागाईको ट्रयाक्टर प्रयोग हुँदा बिष्णु प्रसाद गौतम लगायतले समेत ढुवानी गरेको पाइयो । यसरी यस समितिले २०५३/१०/२१ सम्म काम गरेको थियो ।
यसैगरी २०५३ साल माघ १० गते श्री नारायण प्रसाद गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भयो जसमा निम्नानुसारको महानुभावहरू निर्वाचित हुनुभएको थियो ।
अध्यक्षः श्री नारायण प्रसाद गौतम
उपाध्यक्षः श्री टिकाराम तिमल्सिना
सदस्यः श्री राममणी आचार्य
सदस्यः श्री देवी प्रसाद चौलागाई
सदस्यः श्री गोविन्द प्रसाद सापकोटा
सदस्यः श्री रामेश्वर सिग्देल
सदस्यः श्री विष्णु प्रसाद गौतम
सदस्यः श्री तेज प्रसाद गौतम
सदस्यः श्री लिला बहादुर तिमल्सिना
यस समितिको प्रथम काम नै दुग्ध उत्पादक संस्थालाई दुग्ध उत्पादक सहकारी संस्थाको रुपमा दर्ता गर्नुपर्ने भए अनुरुप २०५४/१/१० मा सहकारी दर्ता सम्पन्न गरी २०५४/८/२८ मा दुग्ध उत्पादक सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न भई नारायण प्रसाद गौतम नेतृत्वमा रहेको संचालक समितिलाई अर्को कार्यकाका लागि निरन्तरता दिदै श्री तिर्थ प्रसाद गौतम संयोजक, श्री यादव प्रसाद गौतम र रामेश्वर प्रसाद अधिकारी सदस्य रहेको ३ सदस्यीय लेखा समिति गठन गरी नयाँ कार्यकालको शुरुवात भयो । यस कार्यलाई अवधीमा संस्थागत एवं कृषक हितका लागि निम्न लिखित कामहरू सम्पन्न भएका छन् ।
– संस्थाको लागि पक्की घरको निर्माण भएको ।
– सहकारीको नियम बमोजिम बार्षिक हिसाबको लेखा परीक्षण कार्यको संस्थागत सुरुवात भएको, – सहकारीको संस्थागत विकासका लागि आवश्यक सहकारी शिक्षा तालिम आदिको व्यवस्था ।
– यस संस्थाकै अध्यक्षको अध्यक्षतामा बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड गठन भएको
यस समितिको कार्यअवधि समाप्त भएपछि २०५७ साल माघ २८ मा संस्थाको समिति गठनको लागि संस्थाको जीवनमा पहिलो पटक निर्वाचित भएको थियो सो निर्वाचनमा निम्न लिखित महानुभावहरू निर्वाचित हुनु भएको थियो ।
अध्यक्षः श्री नारायण प्रसाद गौतम
उपाध्यक्षः श्री टिकाराम तिमल्सिना
सदस्यः श्री अर्जुन प्रसाद घिमिरे
सदस्यः श्री बैजु प्रसाद पौडेल
सदस्यः श्री आत्मालाल गौतम
सदस्यः श्री भवनाथ चौलागाई
सदस्यः श्री तेज प्रसाद गौतम
सदस्यः श्री शिव नेपाल
सदस्यः श्री मुक्तिनाथ पोखरेल
निर्वाचित लेखा समिति
संयोजक ः श्री तिर्थ प्रसाद गौतम
सदस्यः श्री रामेश्वर प्रसाद अधिकारी
सदस्यः श्री यादव प्रसाद गौतम
यस कार्यावधिमा मुख्य रुपमा निम्न कामहरू सम्पन्न भएको पाइयो ।
दूधलाई चिलिङका लागि यस संस्था, सिंगौल दुग्ध उत्पादक संस्था र जनकल्याण दुग्ध सहकारीको साझेदारीमा जनकल्याण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड निजगढ ७ मा जेनेरेटर सहितको १००० लि. क्षमताको चिलिङ सेन्टरको स्थापना,
– यसै कार्यकालमा अध्यक्ष नारायण प्रसाद गौतम वैदेशिक रोजगारीको सिलसिलामा नेपाल बाहिर जानु भएकोले संस्थाका उपाध्यक्ष श्री टिकाराम तिमिल्सिनाले कार्यबाहक अध्यक्षको रुपमा काम गर्नुभयो ।
– यसै बीचमा जनकल्याण दुग्ध उत्पादक सहकारी संस्थामा चिलिङ सेन्टर सुरुभएपछि संस्थामा संकलित दुग्ध ढुवानीको कार्य टायर गाडा द्वारा निजगढ निवासी विष्णु प्रसाद तिमल्सिनाले गर्नु भयो र उक्त कार्य संस्था आफैले चिलिङ सेन्टर स्थापना नगरिन्जेलसम्म निरन्तर चलिरह्यो ।
– टीकाराम तिमल्सिनाको कार्यवाहक अध्यक्षको रुपमा कुलो मर्मतको लागि रु. ५० हजार र श्री गौरीशंकर मा.वि. निजगढ-६ को लागि सापटी स्वरुप रकम निकास गरिएको
मिति २०६३/०७/०३ मा संस्थाको साधारण सभा सम्पन्न भई श्री कृष्ण प्रसाद बन्जाराको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन भई कार्य प्रारम्भ भयो । जसमा
अध्यक्षः श्री कृष्ण प्रसाद बन्जारा
उपाध्यक्षः श्री घनश्याम तिमिल्सना
सदस्यः श्री लोकनाथ चौलागाई
सदस्यः श्री तेजप्रसाद गौतम
सदस्यः श्री राधिका गौतम
सदस्यः श्री देववती सापकोटा
सदस्यः श्री यादव प्रसाद गौतम
सदस्यः श्री रमेशचन्द्र चौलागाई
सदस्यः श्री भोलाप्रसाद सापकोटा
लेखा सुपरीवेक्षण समिति
संयोजक ः श्री तिर्थप्रसाद गौतम
सदस्यः श्री सुरथ पुरी
सदस्यः श्री थल प्रसाद गौतम
यस कार्यअवधिमा मुख्य रुपमा निम्न लिखित कार्यहरू सम्पन्न भए,
. सुजल डेरीसँगको सहकार्यमा संस्थामा सर्वप्रथम २००० लिटर क्षमताको जेनेरेटर सहितको चिलिङ सेन्टर संचालन गरिएको ।
. बिहान बेलुका दुबै समयको दूध संकलन कार्यको सुरुवात गरिएको,
. गाइमाई कार्यक्रम सञ्चालन ।
. शेयर सदस्य र पूजी बृद्धि गरिएको
. मिल्क एनालाइजर र सफ्टवयर प्रणालीको शुरुवात गरिएको
. प्राइवेट डेरीमा दुग्ध बेच्ने कार्यको पुनः सुरुवात गरिएको
. थप दुई शाखा विस्तार गरिएको
. यस अघि सापटीको रुपमा कुलो र गौरीशंकर मा.वि.लाई दिएको सापटी रकमलाई अनुदानमा परिणत गरिएको
. सामाजिक उत्तरदायित्व अन्तर्गत गौरीशंकर क्याम्पस निर्माणार्थ रु ५१,०००/- आर्थिक सहयोग दिइएको ।
२०६९/१२/०३ मा संस्थाको जीवनमा दोस्रो पटक निर्वाचन भई श्री थानेश्वर सापकोटाको अध्यक्षतामा निम्न ११ सदस्यीय संचालक समिति निर्वाचित भएका थिए । जसमा
अध्यक्ष ः श्री थानेश्वर सापकोटा
उपाध्यक्ष ः श्री अर्जुन प्रसाद घिमिरे
सचिव ः श्री रामेश्वर प्रसाद अधिकारी
कोषाध्यक्ष ः श्री सत्य कुमारी चौलागाई
सदस्य ः श्री सुदर्शन कुमार लामिछाने
सदस्य ः श्री भिमप्रसाद सापकोटा
सदस्य ः श्री रामशरण ढुंगाना
सदस्य ः श्री आशा चौलागाई
सदस्य ः श्री उमादेवी दाहाल (घिमिरे)
सदस्यः श्री अन्नपूणर् घिमिरे
सदस्य ः श्री थानेश्वर सापकोटा (अविरल)
निर्वाचित लेखा समिति
संयोजक ः श्री भवानी प्रसाद गौतम
सदस्य ः श्री वोधबहादुर तिमिल्सना
सदस्य ः श्री रत्न बहादुर खड्का
यस कार्यावधिमा भएका मुख्य कामहरू यस प्रकार छन्
. ६ बर्षदेखि रोकिएको कृषक तथा कर्मचारी बोनस वितरण गरेको
. सरकारी रेट भन्दा बढीमा कृषकसँग दूध खरिद गरेको,
. .नियमित पशु भ्याक्सीनको सुरुवात गरेको,
. मिल्क एनालाइजर खरिदमा डिडिसि बाट रु. १,००,०००/- अनुदान प्राप्त गरेको,
. आन्तरिक राजश्व कार्यालयबाट संस्थाको नाममा स्थायी लेखा नम्बर लिएको,
. हेटौडा दुग्ध विकास संस्थाको नाममा रहेको ०-१-० (एक कठ्ठा) जग्गा यस संस्थाको नाममा ल्याएको,
. संस्थाको जग्गासँगै जोडिएको ०-४-० (चार कठ्ठा) जग्गा संस्थाको नाममा खरीद गरिएको । उक्त जग्गा खरिदमा आर्थिक अनियमितता भयो भनी डिभिजन सहकारी कार्यालय बारामा समितिको बिरुद्ध उजुरी समेत परेको सो उपर यथार्थ के हो भनी तत्कालीन डिभिजन प्रमुखको प्रमुख आतिथ्यमा संस्थाको विशेष साधारण सभाको आयोजना गरी साधारण सभाले उक्त आरोप खारेज गरिदिएको,
. छिमेकी मुलुक भारतबाट भएको ६ महिनाको नाकाबन्दीमा समेत कृषकहरूको दुग्ध निरन्तर विक्री गर्न सफल भएको,
. संस्थाको नयाँ भवनको पहिलो तल्ला सम्मको ढलान सम्पन्न गरिएको,
. संस्थाको विनियम २०५४ लाई पुनर्लेखन गरी संस्थाको विनियम २०७३ निर्माण गरी लागु गरिएको, ।
. लक्ष्मी बैंकसँगको सहकार्यमा कृषकलाई बिना धितो ऋण लगानीको सुरुवात गरिएको ।
२०७३ असोज १० गते संस्थाको साधारण सभाबाट श्री थानेश्वर सापकोटा (अविरल) को अध्यक्षतामा निम्नानुसारका महानुभावहरूलाई नयाँ कार्यसमितिको रुपमा चयन गरिएको हो ।
अध्यक्ष ः श्री थानेश्वर सापकोटा (अविरल)
उपाध्यक्ष ः श्री तारानाथ चौलागाई
सचिव ः श्री वोधबहादुर तिमिल्सिना
कोषाध्यक्ष ः श्री रामकुमार सिग्देल
सदस्य ः श्री रामशरण ढुंगाना
सदस्य ः श्री उमादेवी दाहाल (घिमिरे)
सदस्य ः श्री नर बहादुर सापकोटा
सदस्य ः श्री राजुकुमार सिग्देल
सदस्य ः श्री गोपिनी चौलागाई
सदस्य ः श्री यतिन्द्र तिमल्सिना (गौतम)
सदस्य ः श्री उद्वव प्रसाद बन्जारा
निर्वाचित लेखासमिति
संयोजक ः श्री लिला बहादुर राउत
सदस्य ः श्री रत्न बहादुर खड्का
सदस्य ः श्री शिवकुमार भण्डारी
यस कार्यावधिमा भएका मुलभूत कामहरू यस प्रकार रहेका छन् ः
– संस्थाको निर्माणाधीन गरेको भवन (पहिलो तलाको मात्र ढलान भएकोमा) २ तले भवन निर्माण सम्पन्न भएको,
– शेयर सदस्य, शेयर रकम र दुग्ध संकलनमा व्यापक बृद्धि गरिएको,
– ४११ जनाको शेयर सदस्य बृद्धि भई करिब ५६७ पुगेको छ र शेयर पूँजी ४१ हजार १ सयबाट वृद्धि भई ११ लाख पुगेको छ ।
– पशुपक्षी बजार प्रर्बद्धन कार्यालय काठमाडौंबाट मिल्क एनालाईजर सेट ३ लाख ५० हजार बराबरको प्राप्त,
– पशु उत्पादन निर्देशनालय काठमाडौंको सहयोगमा मिल्क क्यान वितरण र करिब ९ लाख ५० हजार रुपैया दुग्ध लिटरको आधारमा कृषकलाई नगद अनुदान वितरण,
– तीनबटा शाखाबाट बृद्धि गरी ९ वटा पुर्याइएको,
– राष्ट्रिय दुग्ध विकास बोर्डबाट उत्कृष्ट सहकारी सम्मान प्राप्त,
– प्रति दिनको दुग्ध संकलन २२५० लि. बाट बृद्धि गरी दैनिक ७००० लिटर पुर्याएको,
– सहकारी विभागबाट दुग्ध विविधिकरणका लागि १ करोड अनुदान प्राप्त गरी भवन निर्माण सहित आवश्यक औजार खरिद गरिएको,
– सिताराम डेरीबाट करिब १५ लाख बराबरको डेरी उपकरण प्राप्त,
– संस्थामा आवश्यक विभिन्न नियमावलीहरू निमाणर् गरिएको,
– निजगढ नगरपालिकाबाट र विभिन्न वडा कार्यालयहरूबाट गरी १५ लाख अनुदान प्राप्त
– २०७६ बैशाख १० गते संस्थाको जीवनमा पहिलो पटक बार्षिकोत्सव आयोजना गरि उक्त २३ औं वार्षिकोत्सवको अवसरमा पूर्व मन्त्री एवं संविधान सभा सदस्य माननीय पुरुषोतम पौडेलज्यूबाट संस्थाको उद्योग भवनको शिलन्यास सम्पन्न गरिएको,
– ढुटो, दाना, चोकरको नियमित व्यवस्थापन गरिएको,
– पशु प्राविधिक सेवा निःशुल्क कृतिम गर्भाधान, निःशुल्क गोबर परीक्षणजस्ता कृषक केन्द्रीत कार्यक्रम लागु गरिएको,
– कृषक सञ्चयकोष जस्तो लोकप्रिय कार्यक्रमको सुरुवात गरिएको,
– रोकिएको विनाधितो ऋण लगानीको पुनः सुचारु गरिएको,
– मुख्य कार्यालयबाट मात्रै हुँदै आएको चिलिङ सेन्टरलाई विकेन्द्रीकरण गरी सिंगौल, लालमा समेत चिलिङ सेन्टर स्थापना,
– व्यावसायिक कृषक लक्षित त्क् कमिशनको ५०% सम्म रकम भुक्तानीको प्रबन्ध मिलाइएको,
– पशु औषधिको नियमित प्रबन्ध,
– बैंकिङ प्रणाली अन्तर्गत सदस्यता नम्बर वितरण,
– योगदानमा आधारित शेयर वितरण कार्यक्रम शुरुवात
– जगदम्बा डेरी प्रा.लि.बाट ३ लाख बराबरको डेरी उपकरण प्राप्त ।
– पूणर्रुपमा निजी डेरीलाई दूध बिक्री गरी कृषकहरूलाई थप मुल्य दिइएको,
– सम्पूणर् शाखामा पर्याप्त डेरी उपकरणको व्यवस्था गरिएको ।
२०७६ /८/५ गते पुनः थानेश्वर सापकोटा (अविरल) कै अध्यक्षतामा नयाँ (हाल कार्यरत) संचालक समितिको गठन भयो जसमा,
अध्यक्ष ः श्री थानेश्वर सापकोटा (अविरल)
उपाध्यक्ष ः श्री अर्जुन प्रसाद घिमिरे
सचिव ः श्री प्रकाश प्रसाद सापकोटा
कोषाध्यक्ष ः श्री मोहन सापकोटा
सदस्य ः श्री पुरुषोत्तम भट्टराई
सदस्य ः श्री यतिन्द्र तिमल्सिना (गौतम)
सदस्य ः श्री नविन कुमार चौलागाई
सदस्य ः श्री गोमा घताने
सदस्य ः श्री शेष प्रसाद गौतम
सदस्य ः श्री प्रेममाया सापकोटा
सदस्य ः श्री नेत्र प्रसाद गौतम
निर्वाचित लेखा समिति
संयोजक ः श्री रामकृष्ण सिग्देल
सदस्य ः श्री उमादेवी दाहाल (घिमिरे)
सदस्य ः श्री योगमाया अधिकारी
यस कार्यकालमा भएका महत्वपूणर् कार्यहरू यस प्रकार रहेका छन्
– प्रदेश नं. २ सरकारबाट ३ लाख ५० हजार व्याज अनुदान प्राप्त गरी कृषकलाई वितरण,
– ९ वटा शाखामा ३ वटा वृद्धि गरी हाल १२ वटा शाखा पुर्याइएको,
– रतनपुरीमा चिलिङ्ग सेन्टर थप संचालन गरिएको,
– संस्थामार्फत पशु बीमा सुरुवात गरी हालसम्म ५५० पशुहरूको बीमा गरिएको,
– कृषक भुक्तानीमा पारदर्शीताको लागि चेक भुक्तानीको व्यवस्था गरिएको,
– रजत महोत्सवको अवसर पारेर दुग्ध जन्य उत्पादन दही, घ्यू, पनिर, नौनी को उत्पादन सुरुवात,
– कृषक तालिम, भ्रमण, घाँसको बिऊ वितरण र खोप कार्यक्रम सञ्चालन,
– डेरी उपकरण खरीदको लागि स्थानीय तहबाट अनुदान प्राप्त निजगढ न.पा.बाट ट्रान्सफर्मर खरिदका लागि ७ लाख प्राप्त, विभिन्न वडा कार्यालयहरूबाट डेरी उपकरणका लागि १० लाख बराबरको अनुदान प्राप्त एवम् सिताराम डेरी प्रा.लि.बाट ३ लाख ५० हजार बराबरको डेरी उपकरण प्राप्त,
– कोभिड १९ मा समेत ७०% दूध संकलन गरी बिक्री गरिएको तथा कोभिडको समयमा सदस्यहरूको घरमा औषधि तथा खाद्यान्नको प्रवन्ध गरिएको,
– कृषकको खातामा रहने रकमको ८% ब्याज पाउने व्यवस्था,
– केन्द्रीय संघको सहयोगमा संस्थालाई पूणर्रुपमा असल दूध उत्पादन अभ्यास (न्ःए० अन्तर्गत कासा प्रोजेक्ट सञ्चालन र सोही प्रोजेक्ट मार्फत घाँसे खेती र पशु स्वास्थ्यमा खर्च गर्ने गरी २ लाख ६० हजार रकम अनुदान प्राप्त ।
– व्यवसायिक किसानहरूको स्थायित्वका निमित्त समृद्धि परियोजनासँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको,
– विभिन्न बैंकसितको सहकार्यमा करिव ७ करोड बिनाधितो ब्याज अनुदानमा ऋण प्रवाह,
– सहकारीको उत्पादित सामान विक्री वितरणको लागि निजगढको शहीद चोकमा विक्री काउण्टर स्थापना ।
२०३६ सालमा २५ लि. को एउटा क्यानमा दुग्ध भरी राजमार्गस्थित संकलन केन्द्रसम्म नाम्लो लगाएर पुर्याउनु पर्ने अवस्थाबाट सुरु भएको यस बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको आजको प्रारुप यस प्रकार रहेको छः दुग्ध संकलन उपकेन्द्र, संकलन केन्द्र, दुग्ध उत्पादक संस्था हुँदै आज बागदेव दुग्ध उत्पादक सहकारी संस्था हुँदा आफ्नै पाँच कठ्ठा जमिनमा २ वटा पक्की भवन र एउटा उद्योग ट्रस भवनको साथमा संस्था संचालन तर्फ र उद्योग तर्फगरी १२५०० लि. क्षमताको चिलिङ भ्याट, ३० केभिए, २० केभिए र ५ केभिए गरी ५ थान जेनेरेटर, ब्रोइलर, क्ष्द्यत् ज्यत च्ययm, ऋयमि च्ययm, प्रास्युराइजर, भ्याकुम प्याकिङ, ट्रान्सफर्मर लगायत प्रशासनिक काममासमेत प्रयोग हुने सबै किसिमका मेशिन उपलब्ध भएको सबै १६८३ जना सहकारी शेयर सदस्य तथा १८०० प्रत्यक्ष दुग्ध बेच्ने कृषकबाट दैनिक १०,००० लि. दुग्ध संकलन गरी विभिन्न बैंकहरूसँगको सहकार्यमा करिब ७ करोड रकम सरल कर्जा लगानी गर्दै १२ वटा शाखा र २१ जना कर्मचारीमार्फत सिङ्गो निजगढ नगरपालिकालाई नै सेवा क्षेत्र बनाई दूधको विविधिकरण उद्योग तथा निजगढ शहीद चोकमा प्रारम्भिक विक्री डिपोसमेतको व्यवस्था गरी देश भरीमै दुग्ध सहकारी मध्ये गनिमतमा पर्न सफल रहेको छ । यसरी २०३६ सालदेखि २०७८ सालसम्मको संस्थाको यो प्रगतिमा स्थापना कालका संस्थापकदेखि हालसम्मका श्रमजीवी कृषक, दुग्ध संकलक कर्मचारी, व्यवस्थापक, ढुवानीकर्ता, विभिन्न कालखण्डमा निर्माण भएका सञ्चालक एवं लेखा समितिका जिम्मेवारी प्राप्त महानुभावहरू, सामाजिक राजनीतिक अगुवा विभिन्न कालखण्डका जनप्रतिनिधि एवं यससँग सम्बन्धित राज्यका विभिन्न निकाय र वित्तिय संस्थाहरूको आ- आफ्नो जिम्मेवारी र भूमिका बमोजिम तत्- तत् समयको आवश्यकता र चेतना एवं राज्य र स्थानीय तहको प्राथमिकताको आधारमा संस्थाले क्रमिकरुपमा सकारात्मक विकासलाई फड्को मार्दै आएको समुच्च रुप हो । आजको बागदेव दुग्ध उत्पादक सहकारी संस्था त्यसकारण यी सबै महानुभाव एवं संघसंस्थाहरू आ- आफ्नो भूमिका अनुसारका श्रेयका भागिदार हुन् । आजका दिनसम्म आइपुग्दा संस्थाले जेजति रुपमा आफूलाई उभ्याएको छ त्यो प्रशंसा लायक छ तर पनि केही सवालहरू हाम्राबीचमा जीवित नै छन् । विशेषगरी कृषकहरूले दुग्धको उचित मुल्य नपाएको, दुग्धको उत्पादन लागत बढी परेको छ भने बजारमा दुग्ध जन्य खाद्य पदार्थ उपभोग गर्ने उपभोक्ताले समेत सस्तो मुल्यमा पाइरहेका छैनन् । त्यसकारण उत्पादक र उपभोक्ताको बीचमा दूधको ठुलो मुल्य हराइरहेको छ । पशुपालन गर्ने कृषकले खरिद गर्नुपर्ने पशु आहार, औषधि लगायतका बस्तुको मुल्य ति बस्तु उत्पादकले लगाइरहेको छ भने कृषकले उत्पादन गरेको दूधको मुल्य समेत दूध जन्य उद्योग संचालकले लगाउँदछ । कुरा स्पष्ट छ जसले मुल्य निर्धारण गर्दछ फाइदामा उ नै रहने छ । त्यसकारण दुग्धको उचित मुल्य पाउन र उत्पादन मूल्य घटाउनको लागि आगामी दिनमा यस क्षेत्रका कृषक, कृषक प्रतिनिधि एवं सामाजिक राजनीतिक अगुवाले यससंस्था मार्फत यस अघि उपलब्ध गराइएका सेवा सुविधामा थप यी कामहरूलाई संस्थागत र व्यवस्थित गर्नु पर्छ भन्ने लागको छ ।
– संस्थाले दूधको विविधिकरणको उद्योग सुरु गरेको छ । स्वाभाविक रुपमा यसले चुनौती र अवसरको बराबर सम्भावना बोकेको छ,
– चुनौतीको रुपमा गुणस्तरीय उत्पादन, बजारीकरण, आर्थिक लगानी र दक्ष जनशक्ती हुन्, उद्योग सफल भएमा कृषकले दूधको उचित मुल्य पाउने भएकाले दूध उत्पादनमा व्यवसायिकता बढ्दै जाने र यस पेशामा टिक्न र रमाउन सक्ने अवसर छ ।
– दूध जन्य उद्योग र दाना उद्योग संचालनको लागि आवश्यक पर्ने पुँजी शेयर वाला कृषक र स्थानीय अन्य सहकारी संस्थाबाट जुटाउने व्यवस्था गर्नुपर्छ,
– यी दुवै उद्योगलाई आवश्यक पर्ने जनशक्ति जस्तै डेरी टेक्निसियन, फुड टेक्निसियन, मेशिन अपरेटर, मार्केटिङ्ग अफिसर लगायतका जनशक्ति उत्पादनका लागि कृषकका छोराछोरीहरूलाई संस्थाले ५ बर्ष यस संस्थामा सेवा गर्ने शर्तमा २५% देखि ७५% सम्म छात्रवृत्ति उपलब्ध गराउने,
– कृषकहरूबाट नै गुणस्तरीय उत्पादन गराउन आसपासमा रहेका सामुदायिक वनहरूमा समन्वय गरी पोषिलो घाँस खेतीलाई प्रोत्साहन गर्ने,
– यस संस्थाको मुख्यालयसमेत प्रत्येक शाखाका भित्ताहरूमा दूध उत्पादनमा गरिने कृयाकलापहरूका तस्बीरहरू राखिदिने तथा सम्पूणर् कर्मचारीहरूलाई कृषक र संस्थाप्रति पूणर् जवाफदेही बनाउने ।
सम्पूणर् आर्थिक कृयाकलाप हेर्ने लेखा शाखाको छुट्टै व्यवस्था गर्ने । यस ऐतिहासिक पृष्ठभुमि तथा वर्तमान परिदृष्य शिर्षकलाई तयार गर्नको लागि यस सम्पादन मण्डलले बोलाएको समयमा उपस्थित भएर, व्यक्तिगत भेटघाट गरेर वा टेलिफोन वार्ता र अन्तक्र्रिया मार्फत जानकारी प्राप्त गराउनु हुने सम्पूणर् संस्थापक कृषक, ढुवानीकर्ता, कर्मचारी, पूर्व जनप्रतिनिधि एवं सामाजिक, राजनीतिक अगुवा र संस्थामा रहेका अभिलेखहरू चाहिएको बखतामा उपलब्ध गराउनुहुने संस्थाका व्यवस्थापक लगायतलाई सम्पादक मण्डलको तर्फबाट हार्दिक धन्यवाद छ ।
“जय कृषक, जय दुग्ध सहकारी”