०९ आषाढ २०८२।
आर्थिक बर्ष २०८२/०८३ बाट निजगढ नगरपालिका मा गाई श्रोत केन्द्र कार्यक्रम सन्चालन हुनेभयको छ। रास्ट्रिय गाई अनुसन्धान केन्द्र रामपुर चितवन को बार्सिक कार्यक्रम मा निजगढ गाई श्रोत केन्द्र सन्चालन सम्बन्धि कार्यक्रम समेटियपछी निजगढ मा गाई श्रोत केन्द्र कार्यक्रम सन्चालन हुनेभयको हो।
यसै सन्दर्भ मा आज बागदेब दुग्ध उत्पादक सहकारी सस्था मा कार्यक्रम सन्चालन सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भयको छ। कार्यक्रम मा रास्ट्रिय गाई अनुसन्धान केन्द्र रामपुर चितवन का बैज्ञानिक डा. उद्दब पनेरु र डा. बिस्णु के.शि. को विशेष उपस्थिति मा सन्चालक समिति,लेखा शुपरीबेक्षण समिती र कृषक हरुको सहभागिता मा कार्यक्रम सन्च्सलन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन भयको हो। कार्यक्रम अन्तर्गत निजगढ मा पशुनस्ल को शुधार गर्दै उन्न्त जात सहित को धेरै दुग्ध उत्पादन हुने पशुहरु को व्यापक बिकास गरिने छ।

हाल नबलपरासी चितवन र मकवानपुर मा सन्चालित यो कार्यक्रम मधेस प्रदेस मा पहिलो पटक निजगढ मा सन्चालन हुन लागेको हो। यो कार्यक्रम सन्चालन निजगढ को दुग्ध क्षेत्र को गुणात्क बिकास को लागि कोशेढुङ्गा साबित हुने बिस्वास लिएका छौ।






