२४-२५ बैसाख २०८१
एलोइ र केन्द्रिय दुग्ध सहकारी संघ लि.cdcan को आयोजना GSMA UK international ra sweden sverige को सहकार्य एबम दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड निजगढ-६ बारा को समन्वय मा आज बाट २ दिने दुग्ध ब्यवसायीहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न भयको छ।
कार्यक्रम मा एलोइ का कार्यक्रम संयोजक रमेश घिमिरे र सह सस्थापक तृष्णा मानन्धर ले प्रशिक्षण दिइरहनु भयको छ भने केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेड का कार्यक्रम संयोजक सीता थापा ज्यु ले सहजीकरण गर्नु भयको छ। ५० जना कृषक हरु सम्मीलित कार्यक्रम ले डिजिटल प्राविधि मार्फत दुग्ध किसानहरु को शसक्तीकरण गर्न मदत गर्ने छ।
सस्था का सन्चालक समिति का अध्यक्ष तथा केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेड का सचिब श्री थानेस्वर सापकोटा ज्यु को सभाअध्यक्षता मा भयको समापन कार्यक्रम को प्रमुख अतिथी बारा जिल्ला दुग्ध सहकारी संघ लिमिटेड का अध्यक्ष श्री पुरुसोतम भट्टराई हुनुहुन्थ्यो। सस्था का प्रबन्धक श्री सौरभ अधिकारी द्वारा सन्चालन गरियको समापन कार्यक्रम सहभागी कृषक हरु लाई प्रमाणपत्र समेत बितरण गरियको छ।








