रास्ट्रिय दुग्ध बिकास बोर्ड को सहयोग र केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेड को आयोजना तथा बागदेब दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड को ब्यबस्थापन मा ५ दिने प्रदेश स्तरिय दुधालु गाई भैंसी को आहार एबम ब्यबस्थापन तालिम बागदेब दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड को सभाहल मा आज बाट प्रारम्भ भयको छ।
रौतहट र बारा का गरि ३० जना कृषक हरु को सहभागिता रहेको तालिम को उद्घाटन आज केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेड का निबर्तमान अध्यक्ष तथा बागमती प्रदेस सहकारी बिकास बोर्ड का कार्यकारी उपाध्यक्ष श्री नारायण देबकोटा ज्यु ले गर्नु भयको थियो।
सस्था का अध्यक्ष तथा केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेड का सचिब श्री थानेस्वर सापकोटा ज्यु को अध्यक्षता मा भयको कार्यक्रम को सन्चालन सस्था का सचिब श्री प्रकाश सापकोटा ले गर्नु भयको थियो भने स्वागत मन्तब्य सस्था का उपाध्यक्ष श्री टुक बहादुर तिमल्सिना ज्यु ले गर्नु भयको थियो।आज प्रारम्भ भयको तालिम ५ दिन सम्म सन्चालन भै २०८१ चैत्र २५ गत्ते समापन हुने छ।








